KBLD86 1115 0 CZBIL 242 -10 VLUCL 588 -1.9 GUFL 735 5 SLBSL 1398.4 21.4 RHGCL 388 0 LLBS 1050 5 NLO 242.1 0 BBC 4255 50 CFCL 647 27.1 C30MF 9.74 0 KSY 9.22 -0.19 AHPC 267 -0.6 USLB 1467 -2.9 AKPL 248.5 -2.5 NABBC 631 -12 IHL 499 -1 MLBL 398 -6.9 KSBBL 448 -3 SIKLES 707 -3 MEN 631.1 -3.9 MLBS 1532.3 -86.7 SBLD84 1040 19.3 NIBSF2 8.9 0.08 GBBL 447 -6 SMHL 613.1 -4 BHPL 655.1 -12.7 SONA 473.2 -7.8 SIGS2 10.05 0 NICD83/84 1062 -19 CCBD88 1123.1 6.1 NYADI 305.4 -6.6 CIZBD86 1060 -10 SAPDBL 569.6 -7.4 AKJCL 209 -3 BEDC 470 0 PRSF 9.54 -0.11 UPCL 262.2 -2.7 PHCL 465.1 -9.9 RAWA 889 29
×
सहज जितसहित ब्राजिल अन्तिम आठमा



दक्षिण कोरियालाई ४–१ अन्तरले पराजित गर्दै ब्राजिल कतार फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति स्टेडियम ९७४ मा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचार्लिसन र लुकास पाक्वेटाले एक एक गाल गरे । कोरियाको लागि सुङ हो पाइकले एक गोल गरे ।

अब, सेमिफाइनल प्रवेशकालागि ब्राजिलले क्रोएसियाको सामना गर्नेछ । त्यस्तै गोलकिपर डोमिचिच लिभाकोभिच नायक बनेको खेलमा जापानलाई पराजित गर्दै क्रोएसिया कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गोलकिपर डोमिचिच लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि सोमबार राति क्रोएसियाले पेनाल्टी सुटआउटमा जापानमाथि ३–१ को जित हासिल गर्याे ।

निर्धारित समय तथा थप गरिएको अतिरिक्त समयमा खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ लिभाकोभिच नायक बने । उनले जापानका तीन खेलाडीको पेनाल्टी बचाएका थिए ।

क्रोएसियाका लागि निकोला भियासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले गोल गरेका थिए । लिभाकोभिचले जापानको तर्फबाट ताकुमी मिनामिना, काउरो मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका तर्फबाट ताकुमा असानोल पेनाल्टी गोल गरेका थिए ।

यस अघि अल जुनब रंगशालामा जापानले पहिलो हाफमा डाइजान मेइडाको गोलमा अग्रता बनाएको थियो । इभान पेरिसिचको गोल गरेपनि दोस्रो हाफमा खेल बराबरीमा आएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस