NICD88 1032 -21 KBL 234 -6.9 NLIC 814 -13.4 CMF1 10.5 -0.2 MSLB 1564 -70 JOSHI 305 -6.8 DHPL 242 1 UNL 48870 -930 UMRH 475 -1.9 SLBBL 958.9 -4.2 UNHPL 266 0 MKCL 1497 -26 SDBD87 1035 4 PRSF 9.54 -0.11 CIZBD90 1081 1 PPL 461 -2.5 NBLD87 1020 -8 EHPL 840 7.9 GFCL 1051.1 6 CBBL 980 1 BBC 4255 50 NMB50 10.3 0.05 SWMF 812 -13 HPPL 316.3 -3.6 SBCF 9 -0.2 SMH 1064.8 5.9 RHPL 364 -5.2 NESDO 2229 -18 SGHC 393.6 0.1 SFCL 704.1 63.6 VLUCL 588 -1.9 ILI 483.5 -2.5 SRLI 443.1 -4.9 GBIME 256.1 -4.4 NYADI 305.4 -6.6 KRBL 613 0 SLCF 9.21 -0.1 NIMBPO 176.9 -1.1 KKHC 260 -2 PMLI 562 1
×
सत्ता गठबन्धनमा जसपा फेरि सामेल हुन लागेको हो ?



आम निर्वाचनको मुखैमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) अब कता लाग्छ भन्ने आम चासोको विषय बनेको छ ।

आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल निर्वाचनसम्मका लागि मात्र रहेकाले  सहकार्य सकिएको बताएसँगै जसपा अब कता लाग्छ ? भन्ने धेरैकाे चासाेकाे विषय बनेकाे हाे ।

उनले निर्वाचनपछि आफ्नो पार्टी नयाँ ढंगले अघि बढ्ने बताएका छन् ।  ‘एमालेसँग तत्काल केही सिटमा तालमेल गरेका हौं । कुनै मोर्चाबन्दी र गठबन्धन थिएन । चुनावमा हामीले केही सिट र एमालेले केही सिट छोडेको तर त्यो चुनावसँगै सकियो,’ उनले भनेका थिए, ‘अब नयाँ धरातलमा नयाँ ढंगले सबैले आ-आफ्ना ठाउँमा कसरी जाने तय गर्ने अवसर पाएको छ ।’

अध्यक्ष यादवको पछिल्लो अभिव्यक्तिसँगै जसपाको आगामी बाटो कता ? भन्ने प्रश्न तेर्सिएको छ । जसपा अब सत्ता गठबन्धनमा फेरि सामेल हुन लागेको हो ? भन्ने न्युज कारखानाको प्रश्नमा जसपा प्रवक्ता मनिष सुमनले सबैतिर सम्भावनाको ढोका खुला रहेको बताए । एमालेसँग चुनावी तालमेल सकिए पनि सरकारमा सहभागी हुनेबारे एमाले वा कांग्रेस जोसँग पनि मुद्दाका आधारमा सहकार्य गर्न सकिने प्रवक्ता सुमनकाे भनाइ छ ।

उनले भने, ‘एमालेसँग मात्र चुनावी तालमेल थियो, त्यो टुंगियो । सरकारमा सहभागी हुनेबारे जसले नागरिकता विधेयक लगायतमा हामीले उठाइरहेका मुद्दालाई पूरा गर्ने सहमति गर्छन्, जोसँग पनि सहकार्यको बाटो खुला छ । त्यो एमाले पनि हुन सक्छ वा कांग्रेस पनि ।’

यद्यपि, यस पटक जनताले पार्टीले प्रतिपक्षमा बस्नुपर्ने खालको अभिमत दिएकाले सरकार बाहिर बस्न पनि तयार रहेको उनले उल्लेख गरे । प्रतिनिधिसभातर्फ जसपाले यस पटकको निर्वाचनमा प्रत्यक्षतर्फ सात सिटमा जित हासिल गरेको छ । भने, समानुपातिकतर्फ ४ लाख २० हजार ९४६ मत ल्याएको छ ।

धेरै सिट पाउन एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादव भने सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके)सँग भारी मतान्तरले पराजित भए । तालमेल गर्दा पनि सर्मनाक हार व्यहारेपछि अध्यक्ष यादव एमालेसँग नाता तोड्न लागेको कतिपयको आकलन छ  ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस