VLUCL 512 -6 EBLD86 981 1 KKHC 232.2 4.2 SWBBL 903.3 0.3 CIT 2151 -8 SARBTM 815 -12 HHL 372.9 -6.1 USHL 530 1 SICL 707 1 NRN 640 -54 EDBL 391 12.1 MKHL 458 -2 GBBL 365.1 0.4 AHL 504 -2 NICA 415.1 -2.9 NHPC 146.9 -0.1 MHL 450 -9.9 SADBLP 173 0 PBD85 994.6 19.5 NRM 413 -2 CIZBD90 1023.1 0.1 SDBD87 981.2 0.2 USLB 1900 0 SBD87 971.2 -19.8 KBL 142 0 MEHL 355 -3.5 OHL 779 3.1 SAEF 10.3 0.2 UNL 44500 -500 HLBSL 1295 -33 CLI 486.1 1.4 NSIF2 10 0.02 API 173 -3 USHEC 460 10 SHPC 325.5 -4.5 RADHI 265 11 NICL 843 -12 HURJA 292 4.9 SDLBSL 1195 108.5 MSHL 693 -77
×
‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे



पोल्यान्डविरुद्ध प्राप्त ३–१ को जितमा दुई गोल गरेसँगै युवा स्ट्राइकर केलियन एम्बाप्पे उच्च गोलकर्ताको शीर्षस्थानमा उक्लिएका छन् ।

कतार विश्वकपमा चौथो खेल खेल्दै गर्दा पाँच गोल गरेसँगै एम्बाप्पे ‘गोल्डेन बुट’ विजेताको दाबेदारमा रहेका हुन् ।  जारी विश्वकपमा उनि सर्वाधिक गोलकर्ता शीर्षस्थानमा छन् ।

एम्बाप्पेले पोल्यान्ड र डेनमार्कविरुद्ध दुई दुई गोल गरेका छन् । यसैगरी अस्ट्रेलियाविरुद्ध एक गोल गरेका थिए । २३ वर्षीय पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकरपछि अन्य खेलाडीको तीन गोल गरेको छ ।

स्पेनका अल्भारो मोरटा, अर्जेन्टिनाका कप्तान लियोनल मेसी, इंग्ल्यान्डका मार्कुस रसफोर्ड, फ्रान्सकै ओलिभर जिरौउड, इक्वेडरका इनर भ्यालेन्सिया र नेदरल्यान्ड्सका कोडी गाक्पोले समान तीन गोल गरेका छन् ।

कतार विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । जहाँ सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट अवार्ड प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस