PRVU 141.9 -0.7 SMB 1674.9 4.9 SHINE 380.1 -1.4 NICSF 8.99 -0.09 NIBSF2 7.85 0.08 NICAD85/86 1050 0 BFC 453 -7 MKLB 1395 -65 MHNL 240 -7.9 SNLI 464.3 -4.9 PCBL 198 0.4 SBI 293 0.1 MKCL 1135.3 -37.6 BHDC 582 7 KSBBL 366.8 -3.2 JSLBB 1383 6 NIMBPO 137 -0.3 NGPL 309 -6 MNBBL 340.2 -3.8 OHL 760 0 SSHL 178 -6.7 SHLB 1840 -10 SLBBL 809 -7 NIMB 155 -1 ENL 968 -12 MSHL 655 0 MBJC 297.1 -4 SKBBL 811 -1 IHL 423 -4.9 PPCL 245 -2 NBL 209 -0.5 SABSL 1081 16 AKPL 163.5 -0.5 NICGF 9.64 -0.01 EBLD86 976.1 -3.9 NICLBSL 645 -4.9 ADBL 261 -2 MEL 224 -3 GIBF1 8.22 0 BHPL 724 45
×
विनु यादवको पक्षमा वकालत गरेको भन्दै ज्यास्मिन ओझामाथि ढुंगा प्रहार



पतिबाट हिंसा भएको भन्दै विनु यादवले न्यायका लागि अदालत र सरकार गुहारिरहेकी छन् ।

न्याय माग्न जाँदा कतैबाट नपाएको गुनासोसहित मंगलबार उनी सर्वोच्च अदालत पुगेकी थिइन् । सुरक्षाकर्मीको घेरामा परेकी उनले आफूले बोकेर गएको रातो रङ सर्वोच्च अदालतको गेटमा फ्याँकिन् । घोलिइरहेको रातो रङ गेटमा पोखेकी उनलाई तत्कालै प्रहरीले समातेर गाडीमा राखेको थियो । विनुसँगै ज्यास्मिन ओझालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विनु यादवको पक्षमा लागेको भन्दै आफूमाथि दैनिक सुरक्षा थ्रेट भइरहेको अधिकारकर्मी ओझाले बताएकी छन् । केही दिनदेखि उनको मोबाइल फोनमा अज्ञात व्यक्तिले विनु यादवको पक्षमा बोलेको भन्दै उनलाई धम्की आउने गरेको छ । आइतबार दिउँसो उनीमाथि झत्तपुरको बालकोटमा अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । आफू पठाओका लागि कुरिरहेको अवस्थामा पछाडिबाट ढुंगा हानेर अज्ञात व्यक्ति फरार रहेको ओझाले बताइन् ।

‘म बालकोटबाट फर्कदै थिएँ । पठाओका लागि सडकमा उभिरहँदा पछाडिबाट ढुंगा प्रहार भयो । शनिबार राति एकजनाले भोलि जे पनि हुन सक्ने भन्दै धम्की दिनु र आज ढुंगा प्रहार हुनुले विनु यादवको पक्षमा आवाज उठाएकाले मलाई टार्गेट गरिएको हो,’ उनले भनिन् । आफूले जीउज्यानको सुरक्षाका लागि प्रहरीमा निवेदनसमेत दिएको उनले बताइन् । ओझा एमाले निकट अनेरास्ववियु नेतृ पनि हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस