×
Lagani
Lagani Shiksha gif
त्रिशुली जलविद्युत्‌को आईपीओको बाँकी किस्ता तिर्ने म्याद थपियो



सरकारको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत सञ्चालित त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ)मा चुक्ता हुन बाँकी रकम भुक्तानी गर्ने म्याद थप गरेको छ।

कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म आईपीओ जारी गरेको थियो ।  कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको थियो। यो सेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो। यो सेयर २०७५ साल चैत १४ गते बाँडफाँट गरिएको थियो।

Lagani Shiksha gif
sharehubapk त्रिशुली जलविद्युत्‌को आईपीओको बाँकी किस्ता तिर्ने म्याद थपियो

यो सेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरूलाई ८ प्रतिशत ब्याज प्रदान गरी प्रतिसेयर ८७ रुपैयाँका दरले असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्ममा भुक्तानी गर्न माग गरेको थियो। यस अवधिमा आवेदन नदिएका ४६ हजार १७९ जना सर्वसाधारण सेयरधनीहरूलाई भुक्तानीका लागि म्याद थपिएको थियो ।

बाँकी ८७ रुपैयाँमा रकम बुझाउने ३ महिनाको अवधिको वार्षिक ८ प्रतिशतका दरले लाग्ने प्रतिसेयर ब्याजदर रकम १ रुपैयाँ ७४ पैसा थप गरी भुक्तानी हुन बाँकी रकम ८८ रुपैयाँ ७४ पैसा मंसिर १८ गते अर्थात आजदेखि फागुन १७ गतेसम्म भुक्तानी गर्न माग गरेको छ।

यस अवधिसम्ममा रकम नबुझाउने साविक सेयरधनीहरूको हकमा उनीहरुले आफ्नो बाँडफाँटमा परेको शेयरको अग्रिम रुपमा भुक्तानी गरेको रकम र सो रकममा कम्पनीले प्रदान गरेको ब्याज रकमले खामेजति संख्याको सेयर कायम गरी सेयरधनीहरुको नाममा रहेको बाँकी शेयर जफत गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस