CIT 2195 0 AHPC 267 -0.6 MKHL 493 -6 KSY 9.22 -0.19 NTC 980.1 -2.4 GRDBL 743 5 PBD85 1079.9 19.9 ALICL 714.5 -1.2 SBI 482.9 -6 NICA 452 -13 NABBC 631 -12 KBSH 2386 -9 BNT 14350 -50 CIZBD86 1060 -10 NIMBPO 176.9 -1.1 EDBL 645 -1.9 NICGF2 8.78 -0.02 LSL 253.5 -5.5 HLI 472 -4 NYADI 305.4 -6.6 HHL 439 -3.2 PBD88 1102.1 2.1 HIDCL 270.7 -4.1 UAIL 639 -1 NLICL 606 -4 PROFL 655 7 HBLD83 1056.3 0.3 VLUCL 588 -1.9 NICFC 8.97 -0.33 GBBL 447 -6 RBCLPO 12300 88 MFIL 768 48 NICGF 10.56 -0.28 LBBL 475 -4.8 VLBS 902.5 -7.5 PMLI 562 1 NBLD85 1025 0 SHLB 1886.9 1.9 NICL 990.2 -4.8 MSHL 938 3
×
उपत्यका विकास प्राधिकरणले भन्यो बस्ती भत्काउने हाम्रो काममा हस्तक्षेप नगर्नुहोस !



राष्ट्रिय भूमि आयोगले अव्यवस्थित बसोबास र सुकुम्बासीको समस्या नसुल्टिएसम्म घरटहरा नभत्काउन निर्दशन दिएपछि काठमाडौं उपत्यका विकास प्राधिकरण थप आक्रामक देखिएको छ ।

मंसिर १४ मा प्राधिकरणले अनाधिकृत संरचना भत्काउन ३५ दिने सूचना जारी गरेको थियो । काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन प्रयास गरिरहेकै समयमा प्राधिकरणले यस्तो सूचना ल्याएको थियो । तर भूमि आयोगले आफूले सकुम्बासीको समस्या समाधान गर्ने भन्दै नभत्काउन भनेको थियो ।

तर आइतबार थप आक्रमक बन्दै प्राधिकरणले सूचना निकालेको छ । संविधानले नचिन्ने संयन्त्रले स्थानीय तह र ऐन बमोजिमका निकायहरूलाई निर्देशन दिन नसुहाएको भन्दै सामाजिक सञ्‍जालमा आयोगको व्यापक आलोचना समेत भइरहेको छ।

उसले उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्ने र मापदण्ड कार्यान्वयनको अधिकारसम्म प्राधिकरणलाई ऐनमै प्राप्त भएको भन्दै सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन भनेको छ । त्यही नहटाएमा संरचना प्राधिकरणले भत्काउने र त्यसको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस