×
Lagani
Lagani Shiksha gif
यी हुन् एलोन मस्कको भन्दा १०८ गुणा बढी सम्पत्ति हुने व्यक्ति !



संजीत विश्वास बिश्वका सबै भन्दा धनि व्यक्ति बनेका छन्।

फोर्ब्सका अनुसार उनको सम्पत्ति २१ हजार ६ सय २ अरब अमेरिकी डलर रहेको छ। जुन एलोन मस्कको भन्दा १०८ गुणा बढी हो । तर यो कुरामा कत्तीको सत्यता छ भन्ने पुष्टी हुन सकको छैन।

Lagani Shiksha gif
sharehubapk यी हुन् एलोन मस्कको भन्दा १०८ गुणा बढी सम्पत्ति हुने व्यक्ति !

सम्पत्तिको अधारमा बिश्वकै १७ सय २९ औ नम्बरमा रहेका उनि १ नम्बरमा पुगेका हुन्। फोर्ब्सको आधिकारिक वेवसाइटमै यस्तो डाटा हुदा धेरैले अचम्म मानेका छन्।

एकजना सामाजिक संजाल प्रयोगकर्ताले लेखेका छन् को हुन् संजित विश्वास ? कहाँ बाट आए उनि ? संसारको धनाड्य व्यक्ति बनेका उनलाई धेरैले चिनेका छैनन्। उनि सूचिको अग्रपंक्तिमा आएपछि सामाजिक संजालभरि चर्चाको बिषय बनेको छ।

संजित विश्वास एक अमेरिकी इन्टरनेट उद्यमी र कम्प्युटर वैज्ञानिक र सम्साराका सह-संस्थापक हुन्, इन्टरनेट अफ थिंग्स कम्पनीको मुख्यालय सान फ्रान्सिस्को, क्यालिफोर्नियामा रहेको छ जसले भौतिक सञ्चालनका लागि हार्डवेयर र सफ्टवेयर उपलब्ध गराउँछ।

अहिले फोर्ब्सको सुचीबाट उनको नाम र स्थान सच्चाइएको छ। उनको नाम सूचिको १ हजार ९ सय ५९औ नम्बरमा छ। उनको सम्पत्ति अहिले १ अर्ब अमेरिकी डलर रहेको छ। के कारणले यस्तो भएको हो फोर्ब्सले कुनै आधिकारिक सुचना दिएको छैन।

 

Screenshot 2022 12 03 202835 यी हुन् एलोन मस्कको भन्दा १०८ गुणा बढी सम्पत्ति हुने व्यक्ति !

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस