PRVU 141.9 -0.7 LBLD88 990 -3.1 SNLI 464.3 -4.9 JBBL 286 0 SBID89 996.1 -18.8 NUBL 670 3 SMJC 399.8 2.7 CHL 318.9 -2.1 PSF 9.04 -0.37 NABBC 550 -6.7 HLI 378 -1.4 AHL 498 -10 MKJC 540 -11 BPCL 292.8 -0.2 SHINE 380.1 -1.4 NIFRA 191.3 -0.2 SAGF 8.96 -0.34 PPL 450 -5.2 GFCL 549 28.4 SBL 245 -7 CGH 850.1 -9.7 NESDO 2098 -11 SHPC 322.8 1.9 MFIL 520 0 BGWT 950 -55 MLBBL 1394 -5.8 UMRH 405.5 -8.9 KLBSLP 545 0 DDBL 792 -11 AKJCL 212 -3.4 NIBLGF 8.07 -0.3 BHL 349 0 DORDI 416 -4 UHEWA 480.1 1.1 MHNL 240 -7.9 RIDI 167.1 -2.9 CYCL 1471 -15 NMB 191 -2.7 ILI 427.5 -3.5 SARBTM 784 -5
×
राजनीतिमा उमेरको कुनै अर्थ छैन्ः चन्द्र भण्डारी



नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिमा उमेरको कुनै अर्थ नहुने बताएका छन् ।

उमेरको युवाले मात्र देश नसुध्रने भन्दै उनले सोंच, व्यवहार र जिम्मेवारी  सबैभन्दा महत्वपूर्ण हुने बताए । नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काँग्रेस नेता भण्डारीले यस्तो बताएका हुन् । अमेरिकी राष्ट्रपति जो वाइडेन उमेरले वृद्ध भएपनि देश विकसित भएको, तर युक्रेनका राष्ट्रपनि भोलोदिमिर जेलेन्स्की उमेरले युवा भएपनि देश तहसनहस भएको उदाहरण दिंदै उनले राजनीति र देश विकासमा उमेरले कुनै प्रभाव नपार्ने बताएका हुन् ।

उनले देशले पुरानो अनुहारको निरन्तरता होइन, नयाँ अनुहार खोजेको बताए । “देशले उमेरमा युवा खोजेको होइन, नयाँ अनुहार खोजेको हो, ३० वर्षसम्म एउटै अनुहारले मुलुकलाई विकासको गति दिन सकेन”–भण्डारीले भने ।

पञ्चायतले ३० वर्ष शासन गरेको र बहुदल आएपछिका ३० वर्ष अहिलेकै अनुहारबाट शासन सञ्चालन भैरहेको भन्दै भण्डारीले भने–“अव उही पुरानै अनुहारले दृष्टिकोण भएर मुलुक चल्दैन ।” सरकारको नेतृत्वबारे सोधिएको प्रश्नमा काँग्रेस नेता भण्डारीले नयाँ नेतृत्वको विकल्पका बारेमा पार्टीका नेताहरुसँग छलफल गरेपछि मात्र टुंगोमा पुगिने बताए ।

राजनीतिक दलहरु जनतामा पुग्न नसकेकाले अहिले विकल्पको खोजी भएको भन्दै भण्डारीले अहिले पनि जनताको मन जित्न होइन मत किन्न खोज्ने प्रवृत्ति विद्यमान रहेको औंल्याए । “गरीबलाई किन्न खोज्ने प्रवृत्ति बढेको छ, जनताको मन जितेर मत ल्याउने होइन, रक्सी र मासुमा भोट किनबेच हुन्छ”–उनले भने–“नेताहरु मन्त्री बन्ने, कमाउने र परिवार बन्ने सोंचबाट माथि उठ्न नसक्दा यो अवस्था आयो ।” मुलुकको सबैभन्दा ठूलो रोग भ्रष्ट्राचार रहेको भन्दै भण्डारीले यसलाई निको पार्ने योग्य डाक्टर आफूहरु नै रहेको दावी गरे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस