SRBLD83 1065 -10 MND84/85 1030 2 BNHC 466.9 0.7 IHL 499 -1 UHEWA 476 -11 LSL 253.5 -5.5 RBCLPO 12300 88 EDBL 645 -1.9 MKHC 339 -1 SHEL 242.9 -4.7 UAIL 639 -1 MKHL 493 -6 SBLD89 1200 16.1 LBLD86 1081 -0.2 GMFBS 1512.1 -16.9 CLI 634 -4.9 NBLD87 1020 -8 AHL 651 2 KEF 9 0.28 SNLI 585.1 -0.9 MBJC 321 -8 SAEF 11.22 0.17 USLB 1467 -2.9 DHPL 242 1 SHINE 473 -1.8 LUK 9.21 -0.09 NIBLGF 9.1 0.38 IGI 600 -4 SFMF 10.2 -0.2 NMB50 10.3 0.05 GBLBS 738 -10 NBF2 9.15 -0.05 RADHI 397.9 7.9 MATRI 1405 -8 NIBD84 1030 -20 MDB 630 -3.8 NMBMF 695 -10 RURU 740 -9.8 FMDBL 758 -0.1 HIDCL 270.7 -4.1
×
स्याङ्जा २ को मतगणना अनिश्चित : मुसाबाट मतपेटिका जोगाउन चुनौती



मतदान सम्पन्न भएको ११ दिन बितिसकेको भए पनि स्याङ्जा २ को मतगणना कहिले हुने अझै टुङ्गो छैन ।

कांग्रेस र एमाले फरक फरक माग राखेर निरन्तर दबाबमूलक कार्यक्रम गरिरहेका छन् । जसको कारण वालिङ बजारसमेत अस्तव्यस्त हुँदै आएको छ भने वालिङ नगरपालिकाको सेवा प्रवाह झण्डै दुई हप्तादेखि प्रभावित छ ।

मङ्सिर ४ गते नागरिकले दिएको मत सङ्कलन गरिएको मत पेटिका वालिङ नगरपालिकाको कार्यालयका कोठाहरुमा राखिएको छ । प्रत्यक्ष र समानुपातिक मतपेटिका फरक फरक ठाँउमा थन्क्याएपछि एमाले सडकमा आन्दोलन गर्न पुग्यो जसको कारण मतगणना अलपत्र पर्दै आएको छ ।

मतपेटिका राखिएको कोठाहरु बाहिरबाट ताल्चा लगाएर सील गरिएको छ । कांग्रेस, एमाले लगायतको दलका प्रतिनिधिहरुकै उपस्थितिमा कोठा सील गरिएको हो । कोठा बाहिर सशस्त्र प्रहरी र जनपद प्रहरीले कडा सुरक्षा दिइरहेका छन् । वडा प्रहरी कार्यालय वालिङका प्रमुख डीएसपी ढकेन्द्र खतिवडा र सशस्त्र प्रहरी ३० नम्बर गुल्मका प्रमुख डीएसपी राजनलाल श्रेष्ठ आफै मतपेटिकाको सुरक्षामा निरन्तर खटिदै आएका छन् ।

तर कोठाभित्र रहेको मतपेटिका र मतपत्रको अवस्था के छ कसैलाई थाहा छैन । मतपेटिका राखिएको कोठाहरुमा सीसी टिभि रहेको छ तर लामो समय कोठामा थन्क्याएर राख्दा मुसाबाट मतपत्र जोगाउनु चुनौती हुँदै गएको छ । मुसाले मतपेटिका र त्यसभित्र रहेको पत्र काट्न सक्ने धेरैले अनुमान गर्न थालेका छन् ।

मतपेटिका र मतपत्रको सुरक्षा अब दलका कार्यकर्ता र सुरक्षाकर्मीले मात्रै होइन, बिरालोको समेत सहारामा गरिनुपर्ने भन्दै नागरिकहरु व्यंग्य गर्न थालेका छन् । उनीहरु निरन्तर आन्दोन गरिरहेका राजनीतिक दलहरु निरिह र गैरजिम्मेवार बनेको आरोप समेत लगाउन थालेका छन् ।

चापाकोट नगरपालिका चार बुथमा धाँधली गरी बुथ कब्जा भएको नेकपा (एमाले)ले आरोप लगाउदै पुनः मतदानको माग गरेको छ भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दलले सडकमा धर्ना दिइरहेका छन् ।

चापाकोट नगरपालिका वडा नम्बर ३,४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन नदिएको हो ।

निर्वाचन आयोगले यो क्षेत्रको विवादका बारेमा समयमा नै निर्णय नगर्दा मतदाता समेत आक्रोशित हुँदै गएका छन् । आयोगले छानबिनका लागि समिति गठन गर्नुका साथै पटक पटक आयोगको बैठक बस्ने गरेको भए पनि यो क्षेत्रमा तत्कालै मतगणना शुरु गर्ने की पुनः मतदान गराउने भन्ने निष्कर्षमा पुग्न सकेको छैन ।

यस क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भएको भन्दै मतदानमा खटिएका मतदान अधिकृतले रिपोर्ट दिएका थिए । यस्तै निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्लामा रहेका सुरक्षा निकायले पनि चुनावमा कुनै समस्या नआएको र सबै दलको रोहवरमा नै मतपेटिका सुरक्षित तरिकाले कार्यालयमा ल्याई राखिएको प्रतिवेदन दिएको स्रोतले जनाएको छ ।

मतपेटिका कोठामा राख्ने बेलासम्म कांग्रेस, एमाले, स्वतन्त्र पार्टी, राप्रपा लगायत सबै दलको सहमति रहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस