NBBD2085 1100 0 SMH 1064.8 5.9 BEDC 470 0 KDBY 9.21 -0.23 UNLB 2527 -3.9 HDL 1423.1 49.1 SHLB 1886.9 1.9 LBLD86 1081 -0.2 KPCL 493 -0.8 SADBL 419 -1 VLUCL 588 -1.9 NABIL 594 3 KMCDB 1027.8 -11.1 GUFL 735 5 SFCL 704.1 63.6 CIZBD86 1060 -10 CGH 909 -5 RIDI 235 0 RBCLPO 12300 88 CHCL 568.9 -8.1 MKHC 339 -1 SFEF 9.29 0.22 SPC 520 5 LLBS 1050 5 DDBL 916.2 3.1 HLI 472 -4 HPPL 316.3 -3.6 GMFBS 1512.1 -16.9 SARBTM 765 -5 NBF3 9.04 0.17 KEF 9 0.28 SMFBS 1505.2 6.2 NICLBSL 705.5 -7.5 LICN 1995.9 -27.1 JSLBB 1513.9 38.9 GBLBS 738 -10 KBL 234 -6.9 AHL 651 2 IHL 499 -1 GMFIL 623 1
×
नक्कली प्रशासकीय अधिकृत पक्राउ।



जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गरिरहेका एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार प्रशासकीय अधिकृत बताउँदै ठगी गरिरहेका गोरखाको शहिद लखन गाउँपालिका-४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो ।

परियारले निजामती कर्मचारीको पोशाकमा जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा बसेर प्रशासकीय अधिकृत रहेको बताउँदै ठगी गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा बहादुर थापाले बताए ।

परियारको साथबाट निजामती कर्मचारीको पोशाकसहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रसहित आकाश चन्द्र परियार लेखिएको प्रशासकीय अधिकृतकार रबर छाप बरामद गरिएको डीएसपी थापाले जानकारी दिए।

प्रहरीले परियारलाई पक्राउ गरेको होटलको कोठामा खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप, दस्तखत भएका पत्रहरू विभिन्न कार्यालयका छापहरु (स्ट्याम्प), ल्यापटप, पेनड्राईभ र ६३ हजार रुपैयाँ फेला पारेको डीएसपी थापाले बताए ।

प्रहरीले सोमबार परियारलाई जिल्ला अदालत बागलुङमा उपस्थित गराएर अनुसन्धानको लागि ७ दिनको म्याद थप गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस