×
महानगरले हटाउन खोज्दा सुकुम्बासीबस्ती तनावग्रस्त !



काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ ।

काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा उत्रिएका छन् । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।

वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदीको किनारमा रहेको सुकुम्वासी बस्ती  हटाउने निर्णय गरेको विरोध गर्दै आएका थिए। उनीहरूले सरकारसँग बस्दै आएको क्षेत्रमै लालपुर्जा दिन र उठीबास  नलगाउन पनि आग्रह गरेका छन्।

समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस