×
Lagani
Lagani Shiksha gif
आरएसडिसी लघुवित्तले ११ प्रतिशत लाभांश बाँड्ने



आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जसमध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थ सहित गरी ३ प्रतिशत नगद लाभांश छ।

Lagani Shiksha gif

मंसिर १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। नेपाल राष्ट्र बकैंबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। अघिल्लो पटक लघुवित्तले १०.५३ प्रतिशत लाभांश बाँडेको थियो । अहिले लघुवित्तको चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ छ। प्रस्तावित लाभांश वितरण पछि लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस