×
स्याङ्जा २ मा सुरु भएन मतगणना , मरेकाको नाममा भोट खसालेको एमालेको आरोप।



बुथ कब्जाको विवादले स्याङ्जा २ मा मतगणना हुन सकेको छैन ।

चापकोट नगरपालिका ३, ४ र ५ मा रहेका ४ वटा बुथमा पुनः मतदानको विषयले मतगणना अनिच्छित बनेको हो । यो विवादमा निर्वाचन आयोगले पनि ठोस निर्णय दिएको छैन । मङ्सिर ४ गते सम्पन्न भएको मतदानबाट मतदाताले प्रदान गरेको मतपेटिका नगरपालिका भित्रको एक कोठामा राखिएको छ। मतपेटिका भित्र थन्क्याएपछि एमाले सडकमा आन्दोलन गर्न पुगेपछि मतगणना अलपत्र परेको छ।

नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्याङ्जा–२ को ४ वटा मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरेकी हुन् । सत्तारुढ गठबन्धनका कार्यकर्ताले मतदान केन्द्रलाई नियन्त्रणमा लिएर, हुल हुज्जत गरेर, डर धाक धम्की देखाएर मतपत्र कब्जामा लिएर मतदान अधिकृतको सही गराउँदै मतपेटिकामा खसालेको सचिव अर्यालले पत्रकार सम्मेलनमा बताइन्  ।

दिसिङकोट आधारभूत विद्यालय कमेरेमा ९५.०६ प्रतिशत मतदान भएको थियो । यो केन्द्रमा रहेका कुल १६ सय ४१ मतदातामध्ये ३०० जना विदेशमा रहेको एमालेकाे दाबी छ । तारा एयर दुर्घटनामा ज्यान गुमाएकी किस्मी थापाको नाममा समेत मत खसालिएको आराेप एमालेकाे छ । यो केन्द्रमा मतदान गर्न ८० जना मात्रै बाँकी रहेका थिए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस