ULBSL 3199 37 ICFC 823.9 74.9 PRIN 968 4 NICGF2 8.78 -0.02 SJCL 326 -3.7 PRSF 9.54 -0.11 KPCL 493 -0.8 MCHL 488.3 -3.7 HIDCL 270.7 -4.1 RNLI 495.5 1.5 SGIC 641.2 -4.8 HDL 1423.1 49.1 NICFC 8.97 -0.33 MSHL 938 3 SIGS3 9.45 0.09 TPC 465 6 TRH 1118 -5 NMFBS 1435 1 MKHL 493 -6 MFIL 768 48 KRBL 613 0 NFS 1350 -43 TSHL 909 -11 KMCDB 1027.8 -11.1 BPCL 449 -7 SAGF 9.31 0.01 UNL 48870 -930 ILBS 980 -21.5 WNLB 2650 -80 SONA 473.2 -7.8 DLBS 1374 30 UAIL 639 -1 BOKD86 1040 18 API 289.5 2.5 SPC 520 5 LVF2 9 0 MLBSL 2000 -26 PPL 461 -2.5 DHPL 242 1 SFMF 10.2 -0.2
×
काठमाडौंमा घण्टीको जबरजस्त उदयकाे सम्भावना, चार क्षेत्रमा अग्रता



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौंमा जबरजस्त उदयको सम्भावना देखिएकाे छ ।

काठमाडौंका चार निर्वाचन क्षेत्रमा लगातार घण्टीले अग्रता कायम गरिरहेको छ । काठमाडौं २ मा सोबिता गौतमले प्रारम्भिक मतगणनादेखि नै अग्रता कायम गरिरहेकी छिन् । एमालेका मणिराम फुयाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेललाई पछि पार्दै गौतम लगातार अघि छिन ।

काठमाडौं ६ मा शिशिर पोखरेल अन्य उम्मेदवारभन्दा अघि छन् । उनले कांग्रेसबाट उम्मेदवार बनेका भीमसेनदास प्रधान र एमालेका सर्वेन्द्र खनाललाई भारी मतान्तरले पछि पारिरहेका छन् ।

यस्तै, काठमाडौं ७ मा समेत घण्टीकै गणेश पराजुली अघि छन् । उनले एमालेका श्यामकुमार घिमिरे र माओवादी केन्द्रकी उम्मेदवार अस्मिता सिंह (मानुषी) यमीलाई पछि पार्दै मतान्तर बढाइरहेका छन् ।

रास्वपाकै अर्का उम्मेदवार विराजभक्त श्रेष्ठले काठमाडौं ८ बाट आफूलाई जित नजिक पुर्‍याएका छन् । विराजले हाम्रो नेपाली पार्टीका सुमन सायमी र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई पछि पार्दै ठूलो मतान्तरले अघि बढिरहेका छन् ।

रास्वपाले ललितपुर क्षेत्र नम्बर ३ मा समेत लगातार अग्रता कायम गरिरहेको छ । घण्टी उम्मेदवार तोसिमा कार्कीले ठूलो मतान्तरका साथ अग्रता कायम गरिरहेकी छन् ।एमालेका अमृत खड्का र माओवादी केन्द्रकी पम्फा भुसाललाई पछाडि पार्दै कार्कीले अग्रता लिइरहेकी छन् ।

चितवन २ मा रास्वपा सभापति रवि लामिछानेले समेत मतान्तर बढाइरहेका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई पछि छाड्दै लामिछानेले मतान्तर बढाएका हुन् । पुराना दलहरूप्रतिको असन्तुष्टि घण्टीमा अभिव्यक्त भएको कतिपयको धारणा छ । स्थापित भनिएकै दलहरूलाई निर्वाचनमा चुनौती दिएर घण्टीले जबरजस्त उदयले परिवर्तनको हुटहुटी मुखरित गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस