HIDCL 163.5 -0.5 UNL 44443 -57 MKCL 1139 -62 HIDCLP 99 -0.1 NGPL 316 7 SEF 8.3 0.2 GHL 153.6 1.9 NIMBD90 1060 0 JSLBB 1394 -6 ACLBSL 996 -26 NICFC 8.91 -0.14 API 172 -1 NIFRAUR85/86 891 -8 GMFIL 411 -14 SADBL 316.1 -3.9 SPIL 796.9 -7.1 GWFD83 1230 -5 NADEP 847 -28 SHLB 1739 -10 BGWT 1017.9 -113.1 JBBD87 982.1 0 NBLD82 1042 2 GBLBS 797 -15.2 NICD88 980 9 PBD88 1043 3 USHEC 444 -16 LEC 191 6 NLIC 629 4 NIBLGF 8.21 0 CMF1 8.99 -0.01 BNHC 629 21.7 CHDC 1031.9 -20.1 AHPC 158 1.7 NIBSF2 7.65 -0.3 CZBIL 168 -2 HLI 382.3 -2.7 KBSH 1528.5 -83 NIFRA 194 -1.6 KSBBLD87 998 12.5 SLBSL 1182.1 -27.9
×
काठमाडौंका यी १० स्थानबाट हुनेछ मतगणना



काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ ।

१० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ। कार्यालयका अनुसार मतपेटिका संकलनपछि आइतबारै रातिदेखि मतगणना प्रारम्भ गर्ने तयारी छ ।

काठमाडौं–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा र क्षेत्र नं. ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ ।

काठमाडौं–५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, काठमाडौं-६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, काठमाडौं-७ को बालाजुस्थित जुडो हलमा र काठमाडौं-८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा गणना हुनेछ ।

यसैगरी, काठमाडौं-९ को रविभवनस्थित न्याथम कलेजमा र काठमाडौं-१० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गर्ने तयारी छ ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार मतपेटिका संकलनको काम सुरु भएको छ। काठमाडौंमा ५५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस