×
काठमाडौं महानगरपालिका लगायत २५ अन्य स्थानीय निकायको कर इसेवाबाट भुक्तानी गर्न सकिने



विभिन्न सरकारी राजश्व भुक्तानी सेवा प्रदान गर्दै आइरहेको इसेवाबाट अब काठमाडौं महानगरपालिका लगायत अन्य २५ स्थानीय निकायको कर भुक्तानी गर्न सकिने भएको छ ।

हाल यो प्रावधान अन्तर्गत सम्पत्ति तथा भुमी, व्यवसाय र बहाल कर भुक्तानी गर्न सकिने छ । सो कार्यका लागि सेवाग्राहीले आफ्नो गाउँपालिका/नगरपालिकामा सम्पर्क गरी आफ्नो Taxpayer ID लिन सक्नु हुनेछ र इसेवा एप अथवा वेबमा Government Payment भित्र Local Government मा गइ आफुले भुक्तानी गर्न चाहेको गाउँपालिका/नगरपालिका छानी Taxpayer ID राखेर भुक्तानी  गर्न सक्नु हुनेछ ।

हाल भुक्तानीका लागि उपलब्ध स्थानीय निकायहरु

१. बनेपा नगरपालिका २. बासगढी नगरपालिका ३. बर्दघाट नगरपालिका ४. बेलौरी नगरपालिका ५. बिराटनगर महानगरपालिका ६. बिष्णुपुर गाउँपालिका ७. बुटवल उप महानगरपालिका ८. छथर जोरपाटी गाउँपालिका ९. धनगढीमाई नगरपालिका १०. धरान उप महानगरपालिका ११. धुलिखेल नगरपालिका १२. गोदावरी नगरपालिका १३. गोकर्णेश्वर नगरपालिका १४. हेटौडा उपमहानगरपालिका १५. इटहरी उपमहानगरपालिका १६. काठमाडौँ महानगरपालिका १७. कावासोती नगरपालिका १८. केराबारी गाउँपालिका १९. किर्तिपुर नगरपालिका २०. मध्यविन्दु नगरपालिका २१. नमोबुद्ध नगरपालिका २२. पुनर्वास नगरपालिका २३. सुन्दरहरैँचा नगरपालिका २४. थुलुङ दुधकोशी गाउँपालिका२५. तिलोत्तमा नगरपालिका

निकट भविष्यमा अन्य स्थानीय निकायहरुमा पनि यो सेवा उपलब्ध गराउन इसेवा प्रतिबद्धता जाहेर गर्दछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस