×
एमालेको चुनावी सभा : चुच्चे नक्सा चुनावी एजेण्डा



नेकपा (एमाले)ले चुनावी आमसभा आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु गर्ने भएको छ ।

त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टर मार्फत दार्चुला पुग्दैछन् । ओली बिहीबार नै धनगढी पुगिसकेका छन् । एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्ययका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

IELTS PTE copy एमालेको चुनावी सभा : चुच्चे नक्सा चुनावी एजेण्डा

ओली नेतृत्वको सरकारले अढाइ वर्ष अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नक्सा जारी गरेको थियो । ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।

एमाले प्रचार विभाग प्रमुख खड्क बडालका अनुसार दार्चुलाबाट सुरु हुने चुनावी अभियान पूर्वमा पुगेर टुंगिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस