×
Lagani
Lagani Shiksha gif
एनएमबी लघुवित्तको लाभांश घोषणा



एनएमबी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको सञ्चालक समितिको ११ कात्तिकमा बसेको बैठकले हाल कायम चुक्ता पुँजीको २१ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

Lagani Shiksha gif
sharehubapk एनएमबी लघुवित्तको लाभांश घोषणा

यसअनुसार लघुवित्तले ११ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ६१ लाख आठ हजार रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्नेछ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस