उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तको १२ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट अनुमानेदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् । हाल चुक्ता पुँजी १७ करोड ६१ लाख ६९ हजार रहेको लघुवित्तको ३२ प्रतिशतका दरले पाँच करोड ६३ लाख ७४ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि चुक्ता पुँजी २३ करोड २५ लाख ४४ हजार १२ रुपैयाँ ४२ पैसा पुग्नेछ । कम्पनीले अघिल्लो वर्ष १७ दशमलव ८१५ बोनस सेयर दिएको थियो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted















