रिडी हाइड्रोपावरको साधारणसभा आज, मर्जर प्रक्रियामा जाने मुख्य एजेण्डा

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारणसभा आज शुक्रबार बस्दैछ । लाभांश पारित तथा मर्जर प्रक्रियामा जाने मुख्य एजेण्डासहित सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय थापाथली काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

कम्पनीले सभा प्रयोजनका लागि २ कात्तिकमा एकदिन बुक क्लोज गरिसकेको छ । सभामा कम्पनीले रैराङ हाइड्रोपावरलाई मर्जर वा एक्विजिसन गर्नेबारे निर्णय हुने मुख्य एजेण्डा छ ।

कम्पनीले १२ दशमलव ६ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित हुनेछ । आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।