फुथपाथ जथाभावी गरिने व्यापारलाई रोक्न महानगरले नगर प्रहरी परिचालन गरेको छ।
फुथपाथमा मान्छे हिड्नुपर्ने भन्दै नगर प्रहरिले डोको र डालोमा व्यवसाय गर्नेहरूलाई धमाधम हटाइरहेको छ । तर बजारको सबै भन्दा व्यस्त रहने सहिदचोकको फुटपाथमा एउटा फर्निचर उद्योगले स्टल खडा गरेर बस्दा पनि नगर पहरी चुप छ। हिज हामी पुग्दा त्यहाँ पार्किङ्ग गर्ने ठाउ नै नभएको हुदा हामीले कमलनगर नजिक गएर पार्किङ्ग गर्नु परेको थियो।
जुन ठाउँमा फर्निचरको स्टल थियो त्यहाँ बजारमा किनमेल गर्न आउने र बेलचोक तिरकोमा किनमेल गर्न आउनेले पार्किङ्ग गर्ने एउटामात्र स्थान थियो भने साना व्यापारीले बेच्न बसेको ठाउँमा त्यति धेरै पार्किङ्ग गरेको थिएनन। लायन्स चोकमामा माटोको पाला बेच्न बसेको ब्यापारीको त पाला नै बाटो भरि छरिएको थियो।
नगर प्रहरीले जुन ब्याबाहार गरिरहेको थियो त्यो सहनिय थिएन। अनुसानन भन्ने कुरा त् अलिकिती पनि थिएन। त्यसो त नगर प्रहरीको टिममा रहेका एकजनाले मदिरा पनि सेवन गरिरहेका थिए। हामीले माक्स प्रयोग गर्दा पनि मदिराको गन्द हाम्रो नाक सम्म पुगेको थियो।मदिरा सेवन गरेर गरिबमाथि अत्याचार गरिरहेका थिए।
फुटपाथमा व्यापार गर्न पाउनुपर्छ या पाउनुहुदैन भन्ने कुरामा त् सबैको आआफ्नो धारणा होला। तर कानुन र नियम त् सबैलाई एउतै हुनु पर्ने हैन र । यदि फर्निचरले स्टल राख्न अनुमति पाउछ भने गरिबलाई पनि व्यापार गर्न अनुमति दिनु पर्ने हैन र। हामीले यो प्रश्नको जवाफ खोज्दै थियौ।
त्यसपछि हामी भरतपुरको मुटु चौबिसकोठी पुग्यौ । हामि त्याहाँ पुग्दा नेपाल प्रहरी , ट्राफिक प्रहरी र महानगर प्रहरीको टोलि थियो। त्यहि नजिकै फुटपाथमा मान्छे हिड्न नमिल्नेगरि बाइकहरु पार्किङ्ग गरिएको थियो। त्यहाँ कसैको पनि ध्यान गएको थिएन। बरु एकजना नगर प्रहरी गुट्खा या भोला चपाउदै बाटोमा थुक्दै बस स्ट्याण्ड नजिकै कोहि व्यापारी आउछ कि भनेर नजर लगाएर बसेका थिए।
उनीहरुको मनसाय भनेको गरिबलाइ दुख दिने जस्तै देखिन्थ्यो। किनभने धनिले बाइक पार्क गर्दा हिड्ने जनतालाइ सजिलो हुने तर त्यहीं ठाउँमा गरिबले व्यापार गरे जनतालाई सास्ती हुने उनीहरुको बुझाइ थियो।
देशमा केहि रोजगारी नपाएपछि साझ बिहानको छाक तार्न सडकको पेटीमा ब्यापार गर्नेलाई रोक्ने नगर प्रहरीले ठुला कम्पनिले त्यहि स्टल लगाएर बाटोनै जाम गर्दा भने देख्दा पनि नदेखे जस्तै गर्छ। हामीले यस्तो किन गरेको भन्दा महानगरले ब्यापारीलाई लखेट्नु तर स्टल राख्नेलाई केहि नगर्नु भनेको छ भनेर नगर प्रहरीले जवाफ दिए।
महानगरको यो प्रवृति ठुलालाई चैन सानालाई ऐन भनेको जस्तै भयो। महानागरले सबैको बाच्न पाउने अधिकारको सम्मान गर्नु पर्छ भने उचित स्थान तोकेर ब्यापार गर्न दिनु पर्छ।
नोट : हामी संग यो कुराको भिडियो र अडियो पनि सुरक्षित छ।











