×
साहस ऊर्जाको आईपीओ नेप्सेमा सूचीकृत , ओपनिङ्ग रेञ्ज कति ?



साहस ऊर्जा लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित सर्वसाधारण र उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको एक करोड पाँच लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको दुई करोड ४५ लाख कित्ता सेयर गरी कुल तीन करोड ५० लाख कित्ता आईपीओ बिहीबार सूचीकृत भएको हो ।

कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएपछि उक्त कम्पनीको सेयर दोस्रो बजारमा आइतबारबाट कारोबार सुरु हुने नेप्सेले जनाएको छ । दोस्रो बजारमा सेयर खरिदबिक्रीका लागि १३५ दशमलव ११ रुपैयाँदेखि ४०५ दशमलव ३३ रुपैयाँ ओपन रेञ्ज निर्धारण गरिएको छ ।

f480b22fba288e335c25354ff79527ab page 001 साहस ऊर्जाको आईपीओ नेप्सेमा सूचीकृत , ओपनिङ्ग रेञ्ज कति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस