मन्जुश्री फाइनान्स लिमिटेड : मन्जुश्री फाइनान्स लिमिटेडले आज देखि संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ । फाइनान्सले ९२ हजार १६६ कित्ता संस्थापक शेयर न्यूनतम मूल्य रू. २५० मा उक्त शेयर लिलामीमा ल्याएको हो।
कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले कात्तिक १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कुमारी बैंक : कुमारी बैंकले ३ हजार १६२ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । शेयरको प्रतिकित्ता मूल्य भने विक्रेताले तोके बमोजिम हुनेछ । उक्त शेयर खरीद गर्न इच्छुक कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित आजको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौं वा बैंकको शेयर रजिष्ट्रार, नक्साल, काठमाडौंमा आइपुग्ने गरी निवेदन पेश गर्नु पर्ने छ। उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्याक्ति संघ संस्थालाई विक्री गरिने छ।
ज्योति विकास बैंक : ज्योति विकास बैंकले आज देखि संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ । बैंकले १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर न्यूनतम मूल्य रू.१५० तोकी उक्त शेयर लिलामीमा ल्याएको हो। कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले कात्तिक १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
















