×
माछापुच्छ्रे कृति क्यापिटलको साधारणसभा आज, सेयरधनीलाई लाभांश मुख्य एजेण्डा



माछापुच्छ्रे कृति क्यापिटलको दोस्रो वार्षिक साधारणसभा आज बुधबार आयोजना हुने भएको छ ।

सभामा १३ दशमलव ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित सभा एम्बेस्सी रेष्टुरेन्ट पानीपोखरी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सानको विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेण्डा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस