×
बराहतालका किसानलाई नबिल बैंकको सहुलियतपूर्ण कर्जा



नबिल बैंकले सुर्खेतका किसानहरूलाई सहुलियतपूर्ण कर्जा दिने गरी सम्झौता गरेको छ । सुर्खेतको बराहताल गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकासँग बैंकले सहुलियतपूर्ण कर्जाका लागि सम्झौता गरेको हो ।

नबिल बैंकले बराहतालमा मंगलबार दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको हो । बराहताल गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष तेजबहादुर बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साझेदारीमार्फत गाउँपालिकाले स्थानीयस्तरमा सन्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम र तालिमसहित उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारिसमा बैंकले कर्जा उपलब्ध गराउने जनाएको छ । कार्यक्रममा नबिल बैंकको कर्णाली प्रदेशप्रमुख गोपी पाण्डेले सम्झौताले बराहताल गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

बैंकले बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारतलगायत खाडी मुलुक पलायन हुनबाट रोक्ने आशा व्यक्त गरे । नबिल बैंकले गत १५ असारमा नबिल दिगो बैंकिङको सुरुवात गरेको जनाएको छ । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा सुरु गरेको छ ।
नबिल बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरूमा १७ वटा दुर्गम शाखाहरूबाट सन्चालन गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस