नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार १५ कात्तिकदेखि सुरु हुने

नेपाल सेवा लघुवित्त वित्तीय संस्था सिन्धुपाल्चोक र विन लघुवित्त वित्तीय संस्था धादिङ एकआपसमा मर्जर भई १५ कात्तिकदेखि एकीकृत कारोबार सुरु हुने भएको छ ।

संस्थाको केन्द्रीय कार्यालय मेलम्ची-१३ सिन्धुपाल्चोकमा रहने जनाइएको छ । १५ कात्तिकमा विन नेपाल लघुवित्तका नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

यी दुई संस्था एकआपसमा गाभिँदा सेयर स्वाप अनुपात १ः०ः७५ कायम गरिएको छ । यी दुई संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले गत १५ भदौमा अन्तिम स्वीकृति दिएको थियो ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।