×
Lagani
Lagani Shiksha gif
सिभिल लघुवित्तले गर्यो लाभांश घोसणा , नगद र बोनस कति ?



सिभिल लघुवित्त वित्तीय संस्थाले २८ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ ।

लघुवित्तले १९ प्रतिशत बोनस सेयर र कर तिर्न एक प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिन बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वरमा बिहान ११ बजेका लागि साधारणसभा आह्वान गरेको हो ।

Lagani Shiksha gif
sharehubapk सिभिल लघुवित्तले गर्यो लाभांश घोसणा , नगद र बोनस कति ?

साधारणसभा तथा लाभांश वितरणका लागि  सिभिलले १४ कात्तिकमा बुक क्लोज गर्नेछ । यसर्थ, १३ कात्तिकसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् । लघुवित्तले सभामा चार करोड ६० लाख ३ हजार ६२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने करका लागि २४ लाख २१ हजार २१३ रुपैयाँ नगद लाभांशमा खर्चिनेछ ।

सभामा लाभांश दिने प्रस्ताव पेश हुनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष ०७७/७८ को नाफा-नोक्सानसम्बन्धी छलफल हुनेछ । आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेन्डा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस