धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ ।
विक्री प्रबन्धक सनराइज क्यापिटलले आईपीओ आज आफ्नो कार्यालय कमलपोखरीमा बाँडफाँट सम्पन्न गरेको हो । कम्पनीको आईपीओमा मागभन्दा ७० दशमलव २२ गुणा बढी आवेदन परेको हुदा गोलाप्रथाद्वारा बाँडफाँट भएको छ ।
आईपिओमा कुल १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकबाट आवेदन परेकोमा १२ सय ८६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य रहेका १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको छ ।
गोलाप्रथाबाट कुल ३० हजार ९ सय २९ जना आवेदकले शेयर पाएका छन् भने यी मध्य ५ जना आवेदकले थप १ कित्ता गरि कुल ११ कित्ता शेयर पाएका छन ।
कम्पनीले साउन २४ गते देखि २९ गते सम्म ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरीे बाँकी ३ लाख ९ हजार २९५ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।
कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।













धेरै राम्रो एप छ ई पि ओ हेर्नको लागि र अरु जानकारी को लागि शेयर हब एप धन्यवाद