×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्दै म्यूजिक नेपाल , एनआईसी एशिया क्यापिटलसँग गर्यो सम्झौता।



म्यूजिक नेपालले आईपीओ निष्कासन गर्ने भएको छ ।

एनआईसी एशिया क्यापिटलको “आइडिया टु आइपिओ” सेवाअन्तर्गत म्यूजिक नेपाल लिमिटेडले साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्कासन गर्दै म्यूजिक नेपाल , एनआईसी एशिया क्यापिटलसँग गर्यो सम्झौता।

उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी र म्यूजिक नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका हुन् ।

आईपीओ निष्कासन गरे सँगै म्यूजिक नेपाल सर्वसाधारणमा शेयर जारी गर्ने संगीत क्षेत्रकाे पहिलो कम्पनी बन्ने छ । म्यूजिक नेपालले सङ्गीत भनेको सोख र रहर पूरा गर्ने माध्यम मात्र हो भन्ने आमधारणामा आमूल परिवर्तन गर्दै यसलाई उद्योग–व्यवसायका रुपमा विकसित गर्न सकिन्छ भन्ने विश्वासले सुरुकै दिनमा रोयल्टी प्रथाको श्रीगणेश गर्दै यस क्षेत्रमा यो नेपालकै जेठो निजीस्तरको साङ्गीतिक उद्योगका रुपमा स्थापना भएको कम्पनी हो ।

विभिन्न सञ्चार तथा साङ्गीतिक संस्थाहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्नु, बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी अधिकार (मूलतः प्रतिलिपिअधिकार ऐन) को सम्मान गर्नु र यसको महत्वका बारेमा प्रचारप्रसार गर्नु, सङ्गीतको औपचारिक शिक्षालाई प्रवद्र्धन गर्नु, “स्रष्टाको संरक्षण गरौ राष्ट्रलाई समृद्ध बनाऔँ” भन्ने मुल नारा जस्ता मूलभूत उद्देश्यहरुलाई अनुसरण र कार्यान्वयन गर्दै आइरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस