×
एक्सेल डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधारणसभा ९ साउनमा



एक्सेल डेभलपमेन्ट बैंकले सोह्रौं वार्षिक साधारण सभा ९ साउनमा बोलाएको छ ।

सभामा सेयरधनीलाई कुल ८.९५ प्रतिशत लाभांश दिने प्रस्ताव पेस गर्नेछ । एक्सेलले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्न लागेको हो । बैंकले नौ करोड ७९ लाख दुई हजार ३३१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले २८ असारदेखि ९ साउनसम्म बुक क्लोज गर्नेछ । यस आधारमा २७ असारसम्म कायम रहने सेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

साधारण सभा सिद्धार्थ होटल, विर्तामोड झापामा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पेस गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस