×
Lagani
Lagani Shiksha gif
डिप्रोक्स लघुवित्तको संस्थापक सेयर लिलामीमा



डिप्रोक्स लघुवित्तले १६ असारबाट एक लाख २८ हजार ८१२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

यसमा न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ निर्धारण गरिएको छ । आवेदकले यही मूल्यलाई न्यूनतम आधार मानेर यही वा यसभन्दा बढी भाउ कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयर धनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

Lagani Shiksha gif

आवेदकले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यसमा २३ असारेसम्म आवेदन दिन मिल्नेछ ।

लगानीकर्ताले न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामी सेयरको आवेदन २४ असार बिहान १० बजे एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौंमा खोलिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस