×
Lagani
Lagani Shiksha gif
सेञ्चुरी बैंकको संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन



सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लिलामीमा राखिएको १८ लाख कित्ता बढी संस्थापक सेयरमा बोलपत्र पेस गर्ने बुधबार अन्तिम दिन रहेको छ ।

बैंकले ८ असारदेखि संस्थापक समूहको १८ लाख १२ हजार ८९ कित्ता सेयर बिक्रीमा राखेको थियो । यो लिलामी सेयरमा बुधबार बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

Lagani Shiksha gif

यो लिलामी सेयरमा विद्यमान संस्थापकका साथै अन्य ईच्छुक योग्य व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढी १० ले भाग जाने गरी खरिद आवेदन दिनुपर्नेछ ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस