×
निफ्राले दियो ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन



नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियमक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बैंकले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा असार १ गते निवेदन दिएको हो ।  कुल ५० लाख कित्ता ऋणपत्र मध्ये बैंकले २० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले ७ वर्ष अवधि भएको वार्षिक ७ प्रतिशत व्याज भएको ‘७ वर्ष, ७% निफ्रा उर्जा ऋणपत्र, २०८५/८६’ नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो । बै‌ंककाे विक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस