GUFL 693 -15 MPFL 436 -8 MEL 227.7 -1.3 HHL 354 5.1 SLCF 7.96 -0.01 GBILD86/87 985 4 SIGS2 7.96 0 HBLPO 123.2 0 KBL 136.9 -2.1 NIFRA 196.5 -2.4 HEI 608 -5 TRH 726.2 -3.8 RURU 565 8.9 UNLB 2120 79.9 GFCL 456.8 -0.2 NLG 760 -4 MLBLD89 1100.1 5.1 PBLD87 985 6.5 CMF1 8.7 -0.13 CITY 588.3 -11.7 NICFC 8.57 0.09 HURJA 280 -6 BBC 3700 -28.9 HDL 1301.5 -9.5 SPC 510.9 -4.1 MCHL 369.5 -3.5 MLBBL 1350 60 NMB50 9.26 -0.29 BNL 16071 -327 PRVU 139 -1 CBBL 851.9 16.9 CKHL 521 -6.9 NYADI 287.1 2.1 MSLB 1280 61 SINDU 384.6 -5.3 MBLD2085 1045 35 MKCL 894 29.1 MFIL 503.9 -4.1 HBL 175.6 -2.4 KEF 8.1 0
×
इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर आकस्मिक अवतरण

फाइल फोटो



प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकम्कि अवतरण भएको छ ।

हेलकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए । करिब २० मिनेट हेलिकप्टर रोकिने क्रममा प्रधानमन्त्री देउवाले राजनैतिक भेटघाट गरेका थिए ।

उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेपाली कांग्रेस रुपन्देहीका सभापति एवम् तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खान, नेपाली कांग्रेस सिद्धार्थ नगर सभापति कोशिस बहादुर खड्का, तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुरुङ, नगर अध्यक्ष दिपेन्द्र बुढाप्रीती, युवा नेता एवम् पूर्व जिल्ला सदस्य ओमकुमार श्रेष्ठ लगायतका नेताहरुले भेटघाट गरेका थिए । करिब २० मिनेटको भैरहवा बसाईपछि प्रधानमन्त्री देउवा धनगढी प्रस्थान गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस