नबिल बैंक र नेपाल-बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सम्भवतः अर्को सातासम्म स्वीकृति दिने तयारी गरेको छ ।
राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टका अनुसार दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिनका लागि सो सम्बन्धी प्रस्ताव सञ्चालक समितिमा लगिने जानकारी दिए । केन्द्रीय बैंकस्थित एक उच्च स्रोतका अनुसार नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्ने विषयको फाइल अगाडि बढेको छ ।
मर्जरपछि बैंकको नाम नबिल बैंक नै हुने सहमति भएको छ । नबिलले एनबी बैंकलाई ४३ रुपैयाँमा प्राप्ति गर्ने सम्झौता गरेको हो । जस अनुसार दुवै बैंक एक भएपछि बंगलादेश बैंकका सेयरधनीले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् । यससँगै पछिल्लो समय नबिल बैंकले पुनः एनसीसी बैंकलाई पनि प्राप्ति (एक्वायर) को तयारी थालेको बुझिएको छ ।
पछिल्लो समय मर्जरमा हस्ताक्षर गर्नेमा अधिकांश ठूला बैंकहरु रहेका छन् । योसँगै साना बैंकहरुलाई पनि मर्जरमा जान दबाब परेको छ ।










