यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको नयाँ अनलाईन आवेदन प्रणाली सुरु गरेको छ।
यातायात व्यवस्था विभागले नयाँ अनलाईन आवेदन प्रणाली सुरु गरे लगतै हाल सम्म परेका आवेदन आजदेखि रद्द हुने जनाएको छ। अव नयाँ सवारी चालक अनुमतिपत्रको लागि सेवाग्राहीले आज बेलुका ६ बजे देखि आवेदन दिन सक्ने छन्।
सबराइ चालक अनुमतिपत्रको लागि आवेदन दिनको लागि https://applydl.dotm.gov.np/ मा गइ आफ्नो अकाउन्ट बनाएर फाराम भर्नु पर्ने हुन्छ। साथै एकाउन्ट बनाउदा आफ्नो फोन नम्बर भेरिफाइ गर्नु पर्ने हुन्छ तर आज धेरै चाप परेको हुदा भेरिफाइ कोड आउनमा समस्या भइरहेको छ।
त्यस्तै वर्ग थप गर्न चाहानेहरुको लागि अर्को सातादेखि आवेदन खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ।

यातायात व्यवस्था विभागको सुचना
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















