×
Lagani
Lagani Shiksha gif
दुर्घटनाग्रस्त तारा एअरको विमान ४३ बर्ष पुरानो रहेको पुष्टी , यस्तो छ इतिहास।



तारा एअरको बिमान ४३ बर्ष पुरानो रहेको पुष्टी भएको छ।

विश्वव्यापी उडान ट्र्याकिङ कम्पनी फलाइटराडार २४ का अनुसार तारा एअरको बिमानले बि.स. २०३६ वैशाख ८ गते पहिलो उडान भरेको थियो। दुर्घटनाग्रस्त विमान डे ह्याभिल्यान्ड क्यानडा DHC-6-300 Twin Otter को दर्ता नम्बर  9N-AET भने सिरियल नम्बर 619 हो। पहिलो उडान भैरेको मिति पछि ८ पटक यो विमानको स्वामित्त्व परिवर्तन भएको छ।

Lagani Shiksha gif
sharehubapk दुर्घटनाग्रस्त तारा एअरको विमान ४३ बर्ष पुरानो रहेको पुष्टी , यस्तो छ इतिहास।
Screenshot 2022 05 30 084638 दुर्घटनाग्रस्त तारा एअरको विमान ४३ बर्ष पुरानो रहेको पुष्टी , यस्तो छ इतिहास।

४३ बर्ष पहिलेको विमानको तस्बिर

सबैभन्दा पहिले यो विमान दक्षिण अफ्रिकाको एअर बोस्टावानाले एटु- एबीएल कलसाइनमा खरिद गरेको थियो भने अन्तिमपटक तारा एअरले नाइनएन-एइटि कलसाइनमा खरिद गरेको थियो। बनेको १९ बर्षपछि यो विमान बल्ल नेपालले खरिद गरेको थियो। नेपालमा यो विमान गरुण एअरले भित्राएको थियो। नेपालको कानुनमा २० बर्ष पुरानो सबारी साधन सडकमा चलाउन पाहिदैन तर वायुयानको हकमा भने त्यस्तो निएम छैन।

Screenshot 2022 05 30 084916 दुर्घटनाग्रस्त तारा एअरको विमान ४३ बर्ष पुरानो रहेको पुष्टी , यस्तो छ इतिहास।

गरुण एअरले नेपालमा भित्राए पछिको तस्बिर

सन १९७३ यता नेपालमा DHC-6-300 Twin Otter मोडलका विमान २४ पटक दुर्घटना भनेका छन् भने उक्त दुर्घटनामा १४३ को मृत्यु भएको छ। मुस्ताङ्ग पोखरा रुटमा उडान भर्ने तारा एअरको सो रुटमा यो तेश्रो दुर्घटना हो। हुनत यो रुटलाई अति संवेदनशील रुट पनि भन्ने गरिन्छ।  यस अघि तारा एअरको 9N-AHH कलसाइनको बिमान २०७२ फागुन १२ गते दुर्घटना हुदा २३ जनाको मृत्यु भएको थियो भने २०७३ भदौ ३ गते जोमसोम देखि पोखरा उडान भर्न लागेको विमान धावन मार्गमा स्पिड लिदा पाङ्ग्रा नखुलेपछि काली गण्डकी नदीमा खसेको थियो।

जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको छ ।  तारा एअर यति एयरलाइन्सको सहायक कम्पनी हो। फोर्ब्सले तारा एयरलाई 2019 मा धेरै दुर्घटनाहरूको कारण “सबैभन्दा असुरक्षित एयरलाइन्स” मध्ये एकको रूपमा मूल्याङ्कन गरेको छ ।

कम्पनीका अनुसार जहाज पुरानो भएर दुर्घटना भएको भने हैन। सो जहाज उडान भर्नको लागि सम्पूर्ण मापदण्ड पुरा गरेको कम्पनीले जनाकेको छ। जहाज फेला परेपछि घटनाको छनबिन गर्ने कम्पनिले जनाएको छ। विमानको सेवा जीवन (विमान निवृत्त हुनु अघिको समय) विमानको उमेर, विमानले उडान गरेको घण्टा र विशेष गरी विमानले गरेको उडानहरूको संख्या (चक्र भनेर चिनिन्छ) द्वारा निर्धारण गरिन्छ। एउटा विमान दश वर्षको सेवापछि निवृत्त हुन सक्छ, जबकि अर्को विमान ५० वर्षपछि मात्र अवकाश लिन सकिन्छ।

एयरक्राफ्ट एक महँगो लगानी हो, जसको मतलब एयरलाइन्सहरू, केही अपवादहरू बाहेक, नयाँ हवाइजहाजहरू खरिद गर्नु अघि विमानलाई सकेसम्म लामो समयसम्म सेवामा राख्ने सम्भावना बढी हुन्छ। सेकेन्ड ह्यान्ड विमान खरिद गर्दा पनि निकै सस्तो छ।

FT HMMqUYAAVeIY दुर्घटनाग्रस्त तारा एअरको विमान ४३ बर्ष पुरानो रहेको पुष्टी , यस्तो छ इतिहास।

दुर्घटनाग्रस्त तारा एयरको जहाज

Tara Air 9 AET Crash at Mustang दुर्घटनाग्रस्त तारा एअरको विमान ४३ बर्ष पुरानो रहेको पुष्टी , यस्तो छ इतिहास।

दुर्घटनाग्रस्त तारा एयरको जहाज

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस