×
Lagani
Lagani Shiksha gif
चितवनमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँ जलमग्न



रातभर परेको वर्षाका कारण सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्ने भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेको छ ।

आमसभामा राखिएका झण्डाहरू पनि हावाले उडाउँदा यत्रतत्र झरेर पानीमा डुबेका छन् भने अघिल्लो दिन नै तयार पारिएको मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन् ।

Lagani Shiksha gif
sharehubapk चितवनमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँ जलमग्न

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हिजो नै चितवन आएर भरतपुरमा  बसेका थिए।  भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल प्रमुख पदमा र नेपाली कांग्रेसका चित्रसेन अधिकारी उपप्रमुख पदमा उम्मेदवार छन् ।

कांग्रेसकै नेता जगन्नाथ पौडेलले मेयर पदमा बागी उम्मेदवारी दिएका छन् । उनी स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन चिह्न ‘भुइँकटहर’ लिएर घरदैलो अभियानमा छन् । पौडेललाई निष्क्रिय पारेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी माहोल बनाउन देउवाले चाहेका छन् ।

 

 

 

279249141 390049036509590 3976803884068492786 n चितवनमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँ जलमग्न 279284698 390049099842917 7132912838361541367 n चितवनमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँ जलमग्न Chitwan Manch duban 3 चितवनमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँ जलमग्न Chitwan Manch duban 2 चितवनमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँ जलमग्न 279626803 128793606422652 4680654175941542346 n चितवनमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँ जलमग्न

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस