×
Lagani
Lagani Shiksha gif
साधना लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन



आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ। लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले नेप्सेले कम्पनीको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

समायोजनपश्चात लघुवित्तको सेयर मूल्य १ हजार ४१५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ७६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार अर्थात् मंगलबारको मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो।

Lagani Shiksha gif
sharehubapk साधना लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

लघुवित्तले १३ कात्तिकमा होटल गोरखा बिसौनी, गोरखामा पाँचौँ वार्षिक साधारणसभा डाकेको छ। सभा बिहान ११ बजे आयोजना हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह वितरण गर्ने प्रस्ताव पेस हुनेछ । अन्य कुनै उपयुक्त लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।

त्यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ४ सञ्चालकहरुको निर्वाचन गर्ने लगायतको एजेण्डा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस