नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न थप ८ कम्पनीले स्वीकृति दिएको छ।
बोर्डले चैत २३ गते आठ ओटा कम्पनीलाई संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृती दिएको हो । यी कम्पनि थपिए संगै स्वीकृति पाउने कम्पनिको संख्या ९५ पुगेका छन् । बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंक , सानिमा लार्ज क्याप फण्ड, टेलिभेन्चर पाटनर्स, नेपाल दूरसञ्चार कम्पनी,प्रभु सेलेक्ट फण्ड,अल्फा इन्भेष्टमेण्ट, स्काई टच इन्भेष्टमेण्ट एण्ड कन्सल्टेन्ट र महालक्ष्मी विकास बैंकलाई स्वीकृती दिएको हो ।
बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्नेछ । सेबोनको अनुमति पाएसँगै यी कम्पनीहरुले बुक बिल्डिङ विधिबाट निष्कासन हुने कुनै पनि कम्पनीको प्रथामिक शेयर निष्कासनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन पाउने छन् ।
यस अघि बोर्डले पहिलो चरणमा एक साथ ४६ , त्यसपछि दोस्रो चरणमा थप १८ , तेस्रो चरणमा थप ७ , चौथो चरणमा थप ९ , पाचौ चरणमा थप ५ , छैठौ चरणमा थप ५ र सातौ चरणमा थप २ कम्पनिलाई स्वीकृति दिएको थियो।
यी हुन अहिले सम्म अनुमति पाउने कम्पनीहरु :