LVF2 7.81 0.01 MLBS 680 26 FMDBL 580 0 SAEF 9.75 0.04 CHDC 958 -16.9 PRVU 141.5 -2.5 BNL 21605.1 1964.1 MDBPO 217 0 RNLI 419 -8 KEF 7.9 -0.24 JALPA 1020 0 GBD80/81 1005.1 -19.9 ENL 740 -25.1 RHGCL 284 -13 SFMF 9.55 0.17 MBJC 304.5 -5.5 OHL 742 -21.8 ILBS 675 -4 MBL 176.8 -0.3 GHL 145.8 -3.2 SBI 283 -2 SAGF 8.62 -0.03 UNL 39607 -2293 USLB 1090 0 UMRH 347.1 -16.9 MLBL 315.2 -3.8 ALICL 559.6 -9.4 EHPL 431 -16.9 SGHC 307 -8 PRSF 8.32 -0.08 GVL 416 -10.6 PBD88 1000.1 -0.2 ULBSL 1096.4 -4.6 GWFD83 1100 -21 LLBS 735 -15 HRL 605.4 -9.6 SPDL 244.8 -8.1 HIDCL 167.9 -2.1 NWCL 739.9 -35.1 CHCL 458 -4
×
मतपत्रको परीक्षण छपाइ सुरु



आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ सुरु भएको छ ।

मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकीन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोग पदाधिकारी टोली सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड जानु भई मतपत्र मुद्रण मेसिनको क्षमता र मतपत्र छपाइ परीक्षणबारे जानकारी लिनुभयो । मतपत्र छपाइभन्दा अघि मेसिनको परीक्षण गरिएको छ ।

आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोडको सङ्ख्यामा मतपत्र छपाइको तयारी छ । विगतमा मतदाता सङ्ख्याको १५ प्रतिशतसम्म बढी मतपत्र छपाइ हुने गरेकामा यस पटक आयोगले १० प्रतिशतमात्र बढी मतपत्र छपाउन लागेको छ । कतिपय जिल्लामा हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भएकाले पहिले दुर्गम क्षेत्रका लागि मतपत्र छपाइ हुनेछ ।

काठमाडौँ उपत्यकाका महानगर र नगरपालिकाका लागि भने उम्मेदवारी मनोनयनपछि मात्र मतपत्र छपाइ गरिने आयोग स्रोतले जानकारी दिएको छ । नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा मतपत्र छपाइ कार्य हुनेछ ।  रासस

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस