×
नेप्सेमा चार कम्पनीको बोनस सेयर सुचिकृत , कुन कम्पनीको कति ?



नेप्सेमा आज ४ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ।

आज नेप्सेमा नेपाल एसविआई बैंक लिमिटेड , प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड , पोखरा फाइनान्स कम्पनी लिमिटेड र  वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सुचिकित भएको हो।

नेपाल एसविआई बैंक लिमिटेडले ३. ५० प्रतिसत बोनस शेयर वितरण गरेको थियो भने , पोखरा फाइनान्स कम्पनी लिमिटेडले ८.०७५ प्रतिसत बोनस शेयर वितरण गरेको थियो । आज नेपाल एसबिआई बैंक लिमिटेडको ३३,२२,७५२.२६०३ इकाई बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने  पोखरा फाइनान्स लिमिटेडको ७,७७,७४०.२३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो  ।

त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिसत बोनस शेयर वितरण गरेको थियो भने वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिसत बोनस शेयर वितरण गरेको थियो । आज नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६,२५,५८५.५४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ भने वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको  ८,२३,८८८.८० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस