×
सुकाएको खर पानीले कुहिएपछि किसान मर्कामा



आईतबार साँझदेखि परेको भारी बर्षाका कारण बैतडीका किसानले काटेर सुकाएको खर बिग्रिएको छ । आगामी हिउँदको सिजनमा पशु चौपायालाई खुवाउन काटेर सुकाएको खर बर्षाकाकारण बिग्रिएको हो । वर्षकाकारण काँचो खर कुहिन थालेको सुर्नया गाउँपालिका ४ जोगेनीका हरिना महराले बताइन् । १५ दिन लगाएर काटेको खर थुप्रो बनाउन नपाउदैँ बिग्रिएको उनले बताइन् । खर कुहिन थालेपछि पशुचौपायालाई के खुवाउने भन्ने चिन्ताले उनलाई सताएको छ ।

सुर्नया गाउँपालिकाको धौलपौरी, जयसिया, मल्ली ओरड, धरमपानी, सउड, घेर, फुलधारा, दुले, रौला लगायतका ठाउँमा काटेर सुकाएको खर बिग्रिएको स्थानिय गणेश भट्टले बताए । काटेर सुकाएको खरमा पानि परेपछि कुहिन्छ ।

अहिले बैतडी सहित सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने चटारो छ । आगामी हिउँदमा पशु चौपायालाई खुवाउन किसानहरु अहिले खर काटेर सुकाउने गर्दछन् । खरको थुप्रो बनाउन नपाउदैँ फिजाएर राखेको खरमा पानी परेपछि कालो भएर सड्ने गर्दछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस