×
Lagani
Lagani Shiksha gif
प्राइम बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति, कहिले होला निष्कासन ?



प्राइम कमर्सिएल  बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

प्राइम कमर्सिएल बैंकले मिति २०७८ पुस २१ गते ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा धितोपत्र बोर्डले मिति २०७८ फाल्गुन २३ गते ऋणपत्र निष्कासन गर्नको लागि अनुमति दिएको हो।

Lagani Shiksha gif

बैंकले १० वर्ष अवधिकाे “१०% प्राइम डिबेञ्चर, २०८८”  नाममा २ अर्ब ५० कराेड रूपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । बैंकले निष्कासन गर्ने कुल २५ लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता बिक्री गर्नेछ ।

उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । अनुमति आएको हुदा केहि समयमै बैंकले  ऋणपत्र निष्कासन गर्ने छ।

Screenshot 2022 03 09 172733 प्राइम बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति, कहिले होला निष्कासन ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस