×
Lagani
Lagani Shiksha gif
कमल थापाका भतिजाले खाए राजेन्द्र लिङ्देनको पार्टीको शपथ



राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गत मंसिरमा भएको महाधिवेशनमा सदस्यमा निर्वाचित अभिषेकले तीन महिनापछि बुधबार शपथ खाएका हुन् । तर, उनका काका तत्कालीन अध्यक्ष कमल थापा भने राप्रपा परित्याग गरेर राप्रपा नेपालको जिम्मेवारी सम्हालेका छन् ।

Lagani Shiksha gif
sharehubapk कमल थापाका भतिजाले खाए राजेन्द्र लिङ्देनको पार्टीको शपथ

महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले ‘हस्तक्षेप गरेको’ र सो घटनामा अध्यक्ष राजेन्द्र लिङदेनले छलफल ‘नचलाएको’ भन्दै असन्तुष्ट कमल थापाले पार्टी परित्याग गरे पनि नयाँ पार्टीका लागि पारिवारिक सदस्यको साथ  भने पाएका छैनन् ।

राप्रपा नेपालमा नगई अभिषेक राप्रपामा रहेका छन् । कमलकी छोरी प्रतिष्ठा थापा रायमाझी पनि राप्रपामै छिन् । गत महाधिवेशनवाट केन्द्रीय सदस्य प्रतिष्ठा निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस