×
संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु कागज र इँँटा



काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडिको सडकमा राखिएको शंकास्स्पद वस्तु कागज र इँटाको टुक्रा रहेको पुष्टि भएको छ ।

आइतबार संसदले एमसीसी सम्झौैतालाई अनुमोदन गररेपछि त्यसको विरोधमा नेपाल बन्द आह्वान गरिएका बेला सोमबार बिहान नयाँ बानेश्वरको मुख्य सडकमा प्रेस कुकर बमजस्तो वस्तु फेला परेको थियो । तर, नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निस्क्रिय पारेको छ ।

शंकास्पद प्रेस कुकरभित्र कागज र इँटाका टुक्रा रहेका सेनाको डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाले जानकारी दिए । उनका अनुसार कुकरभित्र कुनै पनि विस्फोटक पदार्थ थिएन ।

‘कुकरमा शंका गर्नुपर्ने बस्तु र विस्फोटक पदार्थ पनि थिएन,’ उनले भने, ‘त्यसभित्र कागज र इँटाकोे टुक्रामात्र थियो ।’ प्रेसर कुकुर बम जस्तो देखिने युक्त शंकास्पद वस्तुमा अंग्रेजी अक्षरमा नो एमसीसी ( NO MCC ) लेखिएको थियो  ।

आज विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै  नेपाल बन्दको आह्वान गरेका हुन् । लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस