×
निफ्राद्वारा लाभांश प्रस्ताव संशोधन, अब  बोनस शेयर दिने



शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।उक्त कम्पनीले नेपाल राष्ट्र बैैंकको निर्देशन बमोजिम लाभांश प्रस्ताव संशोधन गरेको जानकारी दिएको हो । यसअघि ८ दशमलव ५ प्रतिशत करसमेत नगद लाभांश प्रस्ताव गरेको कम्पनीले अव भने ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रु. ८ करोड ४२ लाख १० हजार ५२७ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।

संशोधित लाभांश अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रु. २० अर्ब रहेको छ ।

कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले सोही पूँजीको आधारमा गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

nifra1 1 निफ्राद्वारा लाभांश प्रस्ताव संशोधन, अब बोनस शेयर दिने

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस