UNL 38710 -790 LUK 8.37 -0.13 NBL 198.8 0.3 NICBF 8.39 0 SHINE 390 -1 UPPER 162 -0.5 NICLBSL 652.6 -4.4 EDBL 366 -2 NBLD82 995 -38.9 NICSF 8.8 0.2 GHL 145.8 -0.5 SABSL 798.8 -25.2 SFCL 338 -2 GBIME 176 -1.9 SLBBL 689.9 -11.3 CBBL 818 -12 MEN 520 9 MEL 232 -3.8 RADHI 225.7 -0.3 SBI 276 -3.4 PFL 662.4 -73.6 MKHL 405.4 -4.6 CGH 762 -6 SCB 513.5 -2.8 H8020 8.6 -0.05 MKCL 820.2 -19.8 BHPL 540 21 MKJC 442.8 13.8 NMB50 9.42 0.04 KSY 9.71 -0.29 SPDL 226.5 -2.4 TAMOR 362 -2 NLICL 527 -1.1 LICN 1245 -12 SBLD2082 1046.6 -19.4 CIZBD86 1055 25 SONA 438 -2 SWMF 759 -25 ICFCD83 1205 -15 SAEF 9.8 -0.16
×
भोलि निस्कासन हुदै अर्को आइपियो , कति दिने आवेदन ?



न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ (भोलि) गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेबाट रु. २२ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। धेरै माग पर्ने हुदा यो पनि गोलाप्रथाबाट १० कित्ता बाडफाड गरिने छ।

न्यादी हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १९ गते र ढिलोमा असोज ३१ गते बैंकिङ समयपछि हुनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थारु र तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। प्रतिमेगावाट लागत अनुमान २० करोड ३९ लाख २५ हजार रहेको छ। कुल लगानी अनुमान ६ अर्ब ११ करोड ७७ लाख रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ७.७३ वर्ष तथा डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १३.८२ वर्ष रहेको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस