×
Lagani
Lagani Shiksha gif
ओलीको प्रतिवेदनमा घनश्याम भुसालको आपत्ति, जनाए तीन बुँदे फरक मत



एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि उपमहासचिव समेत रहेका नेता घनश्याम भुसालले तीन बुँदे फरक मत राखेका छन् ।

आइतबार अध्यक्ष ओलीले आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिइसकेपछि भुसालले संसद् विघटनलाई संविधान विपरीतको कदम भनिनुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय कमिटीको जारी बैठकको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिइसकेपछि भुसालले केही मुख्य सवालमा फरक मत प्रस्तुत गरेका हुन्।

Lagani Shiksha gif
sharehubapk ओलीको प्रतिवेदनमा घनश्याम भुसालको आपत्ति, जनाए तीन बुँदे फरक मत

ओलीको जवाफपछि सदस्यहरुलाई आफ्नो धारणा राख्न भनिएको थियो। सोही क्रममा उनले भने, संसद विघटन संविधान विपरीत नै हो भनौं। यसलाई खराब नै हो भनेर जानुपर्छ।

तत्कालीन प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दा भुसाल सोही मन्त्रिपरिषद्‌का सदस्य थिए। प्रतिनिधि सभा विघटनप्रति असन्तुष्टि जनाउँदै उनी सहित केही मन्त्रीले राजीनामा दिएका थिए। ओलीले जेठ ७ गते राति पनि प्रतिनिधि सभा विघटन गरेका थिए।

ओलीले आफ्नो प्रतिवेदन र जवाफ मार्फत संसद् विघटनलाई बाध्यताको कदम भनेर प्रस्तुत गरेपछि भुसालले असहमति जनाएका हुन्। भुसालले जबज भनेको के हो, त्यसको पनि प्रष्ट व्याख्या हुनुपर्ने बताएका छन्। भुसाल जबजले अहिलेको कार्यभार पूरा गर्न नसकिने बताउँदै आएका छन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएर नेकपा गठन भएपछि उनले सार्वजनिक रुपमै जबजको च्याप्टर क्लोज भएको बताउने गरेका थिए। केन्द्रीय कमिटी बैठकमा उनले समाजवादलाई पनि प्रष्ट पार्नुपर्ने बताएका छन्।

एमाले बैठक : विधान महाधिवेशनका प्रतिनिधि घट्ने, प्रदेशलाई यथावत र विभागलाई ५ जना
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनका लागि तोकिएका प्रतिनिधिको संख्या घटाइने भएको छ । यसअघि ३ हजार प्रतिनिधि रहने भनिएकामा अब त्यो संख्या घट्ने भएको हो ।

केन्द्रीय कमिटीको जारी बैठकमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेलले व्यवस्थापन गर्न जटिल भएको भन्दै संख्या घटाउने प्रस्ताव राखेकामा त्यसमाथि छलफल भइरहेको छ । एक केन्द्रीय सदस्यका अनुसार प्रदेशबाट प्रतिनिधि घटाउनेबारे छलफल भए पनि यथावत नै हुने भएको छ ।

त्यस्तै जिल्ला कमिटीका पदाधिकारीसहित बढीमा ७ जना र केन्द्रीय विभागबाट यसअघि १० जना भनिएकोमा अब ५ जना सहभागी हुनेगरी प्रस्ताव अघि बढेको छ । अन्य क्षेत्रबाट पनि प्रतिनिधित्व घटाइने भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस