अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमा मूल्य समायोजन भएको छ ।
कम्पनीको १०% बोनस सेयरपछि अरुण भ्याली हाइड्रोपावरको अघिल्लो बन्द मूल्य रु ५५५ लाइ आधार मानी १०% बोनस शेयरको लागी मूल्य समायोजन गरेको हो। बोनस सेयर समायोजनपछि नेप्सेले कम्पनीको मूल्य ५ सय २३ रुपैयाँ निर्धारण गरेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले आज सोमबार असोज ११ गते बुक क्लोज गरेको छ । गत वर्षको नाफाबाट अरुण भ्यालीले सेयरधनीलाई १०% बोनस सेयर र कर तिर्न ०.५२% नगद लाभांश वितरण गर्न असोज २४ गते बिहान ११ बजे कम्पनीको साधारण सभा बस्दैछ ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted






